नेभिगेशन
मुख्य समाचार

एमालेभित्र गुटबन्दी गर्ने सानो घेरा रहेको महेश बस्नेतको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र दुईखाले प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । उनले पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक काम गर्ने आम पंक्ति रहे पनि अर्को सानो घेरा गुटबन्दी र नेतृत्वविरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले एमालेभित्रको एउटा पंक्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर अर्को सानो घेराले गुटबन्दी गर्ने, ‘खुरापाती’ गर्ने तथा पार्टी र नेतृत्वको विरोध गर्ने गरेको उनको आरोप छ । उनले त्यस्तो समूहलाई व्यंग्य गर्दै पार्टी कार्यालयको चौरको घाँस माड्ने र क्यान्टिनको चियाको कपमा ‘क्रान्तिको आँधीबेहरी’ सिर्जना गर्ने समूहको संज्ञा दिएका छन् ।

Marvel
Extreme Energy

अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो मन्तव्यपछि उक्त समूहका केही व्यक्तिहरू असन्तुष्ट बनेको संकेत गर्दै बस्नेतले उनीहरूप्रति व्यंग्य गरेका छन् ।

‘हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरूलाई कुना–काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ,’ उनले लेखेका छन् ।

बस्नेतले अहिलेको आवश्यकता पार्टीभित्र गुट–उपगुट निर्माण गर्नु नभई पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउनु रहेको बताएका छन् ।

‘कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढ्ने हो,’ उनले भनेका छन् । पार्टीभित्रको आन्तरिक असन्तुष्टि र गुटगत गतिविधिभन्दा जनताको पक्षमा काम गरेर पार्टीलाई थप बलियो बनाउनुपर्ने उनको जोड छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...