नेभिगेशन
मुख्य समाचार

संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले कम्युनिस्ट आन्दोलनमा अधिकार र संघर्षका विषयले प्राथमिकता पाए पनि समाज परिवर्तनको मुख्य आधार ‘अर्थराजनीति’ उपेक्षित भएको विश्लेषण गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले क्रान्तिपूर्व कम्युनिस्ट आन्दोलनले अघि सारेको ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता व्यवहारमा लागू हुन नसकेको बताएका छन् । बरु सरकारमा पुगेपछि आमरूपमा शक्ति क्षयीकरण हुने अवस्था देखिएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेका बेला देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए पनि त्यसअनुसार जनसमर्थन भने बढ्न नसकेको पोखरेलले उल्लेख गरेका छन् ।

उनले २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौमहिने वामपन्थी सरकारबाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वको सरकारले आफ्नो जनमत बढाउन नसकेको दाबी गरेका छन् ।

आम निर्वाचन २०८२ मा सिंगो वामपन्थी आन्दोलनले बेहोरेको ‘असाधारण धक्का’ ले वाम तथा कम्युनिस्ट आन्दोलनबारे नयाँ ढंगले चिन्तन र मनन गर्नुपर्ने अवस्थामा पुर्‍याएको पोखरेलको भनाइ छ ।

उनले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै पार्टीबाट किन टाढिए भन्ने प्रश्नको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । साथै नेता तथा कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको ‘हुटहुटी’ किन शिथिल भयो भन्ने विषयमा पनि निर्मम समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।

‘यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिष्ट पार्टीसँग किन टाढिए? किन नेता र कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको हुटहुटी शिथिल भयो?’ पोखरेलले प्रश्न गरेका छन् ।

यस्ता विषयमा निर्मम समीक्षा नगरी कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव नहुने उनले बताएका छन् ।

समस्याबाट भाग्नुभन्दा त्यसको कारण पहिल्याएर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै पोखरेलले हरेक समस्याको पछाडि कुनै न कुनै कारण हुने र समाधान पनि त्यहीँ निहित हुने मार्क्सवादी मान्यता रहेको उल्लेख गरेका छन् ।

‘तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो,’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।
जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ आसपासका विभिन्न स्थानमा पहिरोमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।
जाजरकोटमा पहिरोबाट दुई जनाको मृत्यु, दुई बेपत्ता

जाजरकोटमा पहिरोबाट दुई जनाको मृत्यु, दुई बेपत्ता

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना अझै सम्पर्कविहीन छन् भने १० जना...