नेभिगेशन
मुख्य समाचार

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।

रावलले सामाजिक सञ्जालमार्फत ‘कमरेड अध्यक्षलाई केही सीधा र वैचारिक प्रश्नहरू’ भन्दै पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर आफ्ना धारणा सार्वजनिक गरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाममा हालै अध्यक्षले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै रावलले पार्टी क्यान्टिनमा बसेर वैचारिक बहस गर्ने कार्यकर्तालाई ‘आवारा’को संज्ञा दिनु उचित नभएको तर्क गरेका छन् । उनले विगतमा नेतृत्व स्वयं त्यहीँ बसेर कार्यकर्तासँग राजनीति र क्रान्तिबारे बहस गर्ने गरेको स्मरण गराएका छन् ।

Ncell
Extreme Energy

रावलले पहिलो प्रश्नका रूपमा ‘चिया गफ कि पार्टीको जीवन्त धड्कन?’ शीर्षकमा वैचारिक बहस गर्ने कार्यकर्तालाई आवारा भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेका छन् ।

त्यस्तै, पार्टीमा नेतृत्व परिवर्तन र हस्तान्तरणको माग गर्नेहरूलाई ‘अराजक’ भन्नु कुन मार्क्सवादी सिद्धान्तअनुसार उचित हुन्छ भन्दै उनले प्रश्न उठाएका छन् ।

‘हिजो आफूभन्दा अगाडिको नेतृत्व परिवर्तनको माग र संघर्ष नगरीकन तपाईं आजको सर्वोच्च ठाउँमा पुग्नुभएको हो र?’ रावलले प्रश्न गरेका छन् । आफूले विगतमा उठाउँदा न्यायोचित हुने र अहिले अरूले उही माग उठाउँदा अराजकता ठहरिने अवस्था दोहोरो मापदण्ड भएको उनको तर्क छ ।

रावलले पार्टी सुधार र रूपान्तरणको माग गर्ने कार्यकर्तालाई ‘पार्टी छोडेर जाऊ’ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् ।

पार्टी कसैको निजी कम्पनी नभएको उल्लेख गर्दै उनले एमाले हजारौँ सहिदको रगत, लाखौँ कार्यकर्ताको पसिना र बलिदानबाट बनेको साझा घर भएको बताएका छन् ।

त्यसैगरी उनले पार्टीभित्र अवसर र जिम्मेवारीको वितरणबारे पनि नेतृत्वसँग प्रश्न गरेका छन् । अरू नेताले पटक–पटक अवसर पाएको भन्दै आलोचना गर्ने तर नेतृत्वको आफ्नै हकमा त्यस्तो मापदण्ड लागू नहुने हो कि भन्ने प्रश्न रावलले गरेका छन् ।

उनले ‘अवसरको हिसाब–किताब र आत्मसमीक्षाको प्रश्न’ शीर्षकमा नेतृत्वले आफूलाई पनि समान मापदण्डमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

रावलले आफूले उठाएका प्रश्न कुनै व्यक्तिविशेषप्रतिको व्यक्तिगत आक्रोश वा पूर्वाग्रह नभएको दाबी गरेका छन् । पार्टीलाई सही दिशामा अघि बढाउने, आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने र वैचारिक मन्थनलाई ऊर्जा दिने उद्देश्यले आफूले धारणा सार्वजनिक गरेको उनको भनाइ छ ।

‘यो त पार्टीलाई सही दिशामा डोर्याउने, आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने र वैचारिक मन्थनलाई ऊर्जा दिने एउटा निष्ठावान् कार्यकर्ताको सचेत र जिम्मेवार आवाज हो,’ उनले लेखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।
जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ आसपासका विभिन्न स्थानमा पहिरोमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।
जाजरकोटमा पहिरोबाट दुई जनाको मृत्यु, दुई बेपत्ता

जाजरकोटमा पहिरोबाट दुई जनाको मृत्यु, दुई बेपत्ता

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना अझै सम्पर्कविहीन छन् भने १० जना...