नेभिगेशन
मुख्य समाचार

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

काठमाडौं । नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले एमालेभित्र अहिले दुई प्रवृत्ति देखिएको बताएका छन् । उनका अनुसार एउटा प्रवृत्ति व्यक्तिगत सत्ता, परिवारवाद र गुटको संरक्षण गर्दै आफूलाई मात्र ‘पार्टीको पक्ष’ ठान्ने समूह हो भने अर्को प्रवृत्ति पार्टीका कमजोरी, असफलता र नेतृत्वको स्वेच्छाचारितामाथि प्रश्न उठाउँदै सुधार, लोकतान्त्रिक अभ्यास र वास्तविक एकताको माग गर्ने आम नेता–कार्यकर्ता हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाममा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनको माग गर्ने पार्टीभित्रकै नेताहरूलाई ‘अनुशासनहीन’, ‘अराजक’ र ‘आवारा’ भनेर टिप्पणी गरेको भन्दै शाहले त्यसप्रति आपत्ति जनाएका छन् ।

Ncell
Extreme Energy

असहमत स्वरलाई संस्थागत बहसका रूपमा लिनुको सट्टा व्यक्तिगत टिप्पणी र गालीमा परिणत गर्ने शैली नेतृत्वको पुरानो राजनीतिक संस्कृति भएको शाहको आरोप छ ।

उनले पार्टीभित्रको आन्तरिक आलोचना र असहमतिलाई दबाउँदा पार्टी बलियो नभई झन् कमजोर हुने बताएका छन् ।

‘आन्तरिक आलोचना सहन नसक्ने नेतृत्वले अब बाह्य दबाब धान्न सक्दैन,’ शाहले लेखेका छन् ।

पार्टी कार्यालयको क्यान्टिनमा हुने छलफललाई समेत उपहास गरिएको भन्दै उनले क्यान्टिन केवल खाजा खाने ठाउँ नभएको बताएका छन् । पार्टीभित्र लोकतन्त्र र जवाफदेहिता जीवित राख्न खोज्ने कार्यकर्तालाई ‘क्यान्टिनको आवारा’ भनेर उपहास गर्नु नेतृत्वको कमजोरीको संकेत भएको उनको तर्क छ ।

शाहले एमालेभित्र अहिलेको मुख्य मुद्दा पुनर्गठन भएको दाबी गरेका छन् । पुनर्गठनको माग र असहमतिलाई दबाउने, कार्यदलको समीक्षा प्रतिवेदन सार्वजनिक नगर्ने तथा पुनर्गठनका पक्षधरलाई ‘विरोधी’ करार गर्ने प्रवृत्ति नै वास्तविक गुटबन्दी भएको उनको आरोप छ ।

जनताको पक्षमा काम गर्न नेतृत्वले आफ्नो कार्यशैली, संगठनको अवस्था र चुनावी परिणामको इमानदार समीक्षा गर्न सक्नुपर्ने शाहले बताएका छन् ।

‘महराज, अब तपाईंको छुद्र बोलीले पार्टी बन्दैन,’ उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेका छन् ।

पार्टीको नेतृत्व हस्तान्तरण गरेर सहज वातावरण निर्माण गर्नसमेत शाहले आग्रह गरेका छन् ।

‘हस्तान्तरण गरेर सहज गरिबक्सियोस्,’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।
जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ आसपासका विभिन्न स्थानमा पहिरोमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।
जाजरकोटमा पहिरोबाट दुई जनाको मृत्यु, दुई बेपत्ता

जाजरकोटमा पहिरोबाट दुई जनाको मृत्यु, दुई बेपत्ता

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना अझै सम्पर्कविहीन छन् भने १० जना...