नेभिगेशन
मुख्य समाचार

प्रधानाध्यापक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ सिंगाहास्थित श्री न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपाने एक बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार शनिबार इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी परेपछि न्यौपानेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ । आइतबार अदालतमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान अघि बढाइने थापाले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाका अनुसार यसअघि पनि साउन २७ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा यस विषयमा सामान्य निवेदन परेको थियो । उक्त निवेदनका आधारमा आरोपितको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।

Marvel
Extreme Energy

पीडित बालिकाले प्रधानाध्यापकले आफूलाई विगत करिब ६ महिनादेखि विभिन्न प्रलोभन देखाउँदै मोबाइलमा यौनजन्य तथा अश्लील संवाद गर्ने गरेको आरोप लगाएकी छन् । उनका अनुसार राति मोबाइलमा सन्देश पठाउने र जवाफ नदिए भोलिपल्ट विद्यालयमा बोलाएर विभिन्न प्रलोभन देखाउने तथा यौनजन्य चाहना व्यक्त गर्ने गरिएको थियो ।

बालिकाका बुवाले छोरीले पटक–पटक फोन नउठाउँदा प्रधानाध्यापकले आफूलाई फोन गर्ने र छोरीसँग कुराकानी गर्ने गरेको बताएका छन् । पछि आफूले यसबारे जानकारी पाएपछि विद्यालयमा पुगेर प्रधानाध्यापकसँग कुरा गरेको उनको भनाइ छ ।

‘शिक्षकजस्तो मान्य व्यक्तिलाई विश्वास गरेर छोरीलाई फोन दिन्थेँ । तर उहाँले गलत उद्देश्यले फोन गर्ने गरेको रहेछ,’ उनले भने । छोरीले लामो समयदेखि भएको व्यवहारबारे आफूलाई जानकारी गराएपछि घटनाबारे थाहा भएको उनले बताए ।

पीडित बालिकाले विद्यालयमा आफ्ना साथीहरूलाई घटनाबारे बताएपछि बुधबार विद्यार्थीहरूले विद्यालयमा विरोधसमेत गरेका थिए । विरोध चर्किँदै गएपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको एक अभिभावकले बताएका छन् ।

विद्यालय प्रशासनले भने प्रधानाध्यापकको मोबाइल ह्याक भएको दाबी गर्दै प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी निवेदन दिएको जनाएको छ ।

न्यौपाने र पीडित बालिकाबीच भएको भनिएको संवाद प्रहरीको अनुसन्धानमा रहेको छ । प्राप्त संवादको विषयमा बालिकाको गोपनीयता र कानुनी प्रावधानलाई ध्यानमा राख्दै विवरण सार्वजनिक गरिएको छैन ।

स्थानीयले विद्यालयमा यसअघि पनि यस्तै प्रकृतिका घटना हुने गरेको दाबी गरेका छन् । उनीहरूले विगतका घटनाहरू विद्यालयमै गुपचुप रूपमा मिलाउने गरिएको आरोपसमेत लगाएका छन् । यद्यपि, ती आरोपबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

प्रहरीले पक्राउ परेका प्रधानाध्यापकविरुद्ध लागेको आरोपबारे अनुसन्धान अघि बढाएको जनाएको छ । दोषी वा निर्दोष ठहर गर्ने विषय भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट टुंगो लाग्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...