नेभिगेशन
मुख्य समाचार

जाजरकोटमा पहिरोबाट दुई जनाको मृत्यु, दुई बेपत्ता

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना अझै सम्पर्कविहीन छन् भने १० जना घाइते भएका छन् ।

साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी–२ रिसाङ तथा आसपासका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्किनुका साथै केही परिवार विस्थापित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोमा परी भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा साउन ३१ गते बिहान ४ः५० बजे मृत्यु भएको छ । यसअघि सोही वडाको फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा बिहान ८ः५५ बजे मृत फेला परेका थिए ।

Ncell
Extreme Energy

पहिरोमा परी भेरी–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन् । आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि उनलाई नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३१ गते बिहान ७ः१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

भेरी–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

त्यस्तै, भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन् ।

दुई जना अझै सम्पर्कविहीन

पहिरो आएपछि भाग्ने क्रममा भेरी–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

तीन जना उपचारपछि डिस्चार्ज

पहिरोमा परी घाइते भएका भेरी–२ की करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज गरिएको छ ।

घर तथा टहरा पूर्ण रूपमा क्षति

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जना परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

सोही स्थानकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन् । ती टहरामा भने हाल मानिस बसोबास नगरेको बताइएको छ ।

२०० भन्दा बढी मानिस सुरक्षित स्थानमा

पहिरोको जोखिममा रहेका भेरी–२ रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ ।

यस्तै, झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनालाई गरी थप ५४ जनालाई सुरक्षित स्थानमा राखिएको छ ।

खोज तथा उद्धारमा सुरक्षाकर्मी परिचालन

पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध भएकाले सुरक्षाकर्मीले जोखिमका बीच पैदलमार्फत घटनास्थल पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

खोज तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार (आज) अपराह्न काठमाडौं आउँदै छन् ।
चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, बाघ नियन्त्रणमा

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, बाघ नियन्त्रणमा

चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन् ।
इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।