नेभिगेशन
मुख्य समाचार

जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ आसपासका विभिन्न स्थानमा पहिरोमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।

अविरल वर्षापछि गएको पहिरोमा फसेका तथा बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेनाको भवानीदल गणबाट साउन ३१ गते साँझदेखि टोली परिचालन गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा उद्धार कार्य जारी राखेको जनाएको छ । हालसम्म पहिरोमा घाइते भएका १० जनाको उद्धार गरिएको तथा दुई जनाको शव निकालिएको सेनाले जनाएको छ ।

Marvel
Extreme Energy

यस्तै, पहिरोमा परी सम्पर्कविहीन भएका दुई जनाको खोजी कार्य जारी रहेको छ ।

जाजरकोटका विभिन्न तीन स्थानमा पहिरोका कारण करिब ६० देखि ६५ जना मानिस फसेकाले उनीहरूको उद्धारसमेत भइरहेको सेनाले जनाएको छ ।

राउतेरह क्षेत्रमा फसेका मध्ये हालसम्म २० जनाको उद्धार गरिएको छ । बाँकी व्यक्तिको उद्धार कार्य पनि निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ ।

पहिरोका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले सुरक्षाकर्मीले जोखिमका बीच घटनास्थल पुगेर उद्धार कार्य गरिरहेका छन् । सेनाले स्थानीयवासी तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धारलाई निरन्तरता दिएको जनाएको छ ।

774052193_4734527083467834_2825600275587481190_n-1786859992.jpg

774510374_1658380462541570_8740586303645654120_n-1786859992.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...