नेभिगेशन
मुख्य समाचार

इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भूकम्पबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले भूकम्पको विनाशकारी प्रभाव भोगिसकेको स्मरण गर्दै यस्ता प्राकृतिक विपद्बाट उत्पन्न हुने पीडा र दुःखलाई आफूले गहिरो रूपमा बुझेको जनाएको छ ।

Ncell
Extreme Energy

यस दुःखद् घडीमा नेपाल सरकार तथा नेपाली जनताले इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता र गहिरो सहानुभूति व्यक्त गरेका छन् ।

नेपाल सरकारले भूकम्पमा परी ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी, भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, राहत र शीघ्र पुनर्स्थापनाको कामना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार (आज) अपराह्न काठमाडौं आउँदै छन् ।
चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, बाघ नियन्त्रणमा

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, बाघ नियन्त्रणमा

चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन् ।
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।
जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोट पहिरोमा सेनाको उद्धार टोली परिचालन, १० घाइतेको उद्धार

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ आसपासका विभिन्न स्थानमा पहिरोमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।