नेभिगेशन
मुख्य समाचार

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, बाघ नियन्त्रणमा

चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन् ।

आज बिहान करिब ६ः४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाघले सोही स्थानकी दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको छ । गाईको अवस्था सामान्य रहेको बताइएको छ ।

Ncell
Extreme Energy

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरिएको थियो । टोलीले खोजी गर्ने क्रममा बिहान ११ः२७ बजे बाघलाई नियन्त्रणमा लिएको हो ।

बाघ नियन्त्रणमा लिएपछि स्थानीयवासीमा देखिएको त्राससमेत कम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जसपाको २७९ सदस्यीय केन्द्रीय समिति, उपेन्द्र अध्यक्ष र महन्थ ठाकुर संरक्षक (सूची)

जसपाको २७९ सदस्यीय केन्द्रीय समिति, उपेन्द्र अध्यक्ष र महन्थ ठाकुर संरक्षक (सूची)

जनता समाजवादी पार्टी (जसपा) नेपालले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। जसपाले सार्वजनिक गरेको नामावलीअनुसार महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन्।
भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार (आज) अपराह्न काठमाडौं आउँदै छन् ।
इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।