नेभिगेशन
मुख्य समाचार

जसपाको २७९ सदस्यीय केन्द्रीय समिति, उपेन्द्र अध्यक्ष र महन्थ ठाकुर संरक्षक (सूची)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। जसपाले सार्वजनिक गरेको नामावलीअनुसार महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन्।

नयाँ केन्द्रीय समितिमा शरत् सिंह भण्डारी सहअध्यक्ष तथा रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन्। उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्र प्रसाद सोनार, निलम बर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव रहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्र कुमार झा रहेका छन्। त्यस्तै जयनुल राइन, दिपक कार्की, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी सिटौला उपमहासचिव बनेका छन्।

Ncell
Extreme Energy

सचिवमा अर्जुन थापा, उमेश यादव, अनिल कुमार सिंह, उपेन्द्र महतो, कमरुद्दीन राई, मिना चौधरी, रामप्रवेश बैठा, लाक्पा शेर्पा, शैलेन्द्र प्रसाद साह, सुनी लामा र सुरेश मण्डल रहेका छन्। सुरिता कुमारी साह कोषाध्यक्ष बनेकी छन्।

पार्टीले विधानअनुसार केन्द्रीय समितिमा महिला ३३ प्रतिशत र युवा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको जनाएको छ। सार्वजनिक गरिएको नामावली वर्णानुक्रमअनुसार रहेको र वरियताक्रम पछि तोकिने उल्लेख छ।

नयाँ केन्द्रीय समितिमा कार्यकारिणी समिति र साधारण केन्द्रीय सदस्यहरू पनि समेटिएका छन्। जसपाले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय समितिको कुल संख्या २७९ सदस्य रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार (आज) अपराह्न काठमाडौं आउँदै छन् ।
चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, बाघ नियन्त्रणमा

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, बाघ नियन्त्रणमा

चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन् ।
इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।