नेभिगेशन
मुख्य समाचार

ग्यास अभावबारे सभामुखले राखे चासो

साउनसम्म कति भयो ग्यास आयात ?

काठमाडौं । ग्यास अभावबारे सभामुख डिपी अर्याल (डोलप्रसाद अर्याल) ले चासो राखेका छन् ।

सभामुख अर्यालको सचिवालयले जानकारी दिएअनुसार ग्यास अभाव र बजारमा देखिएको हाहाकारबारे आइतबार उद्योगमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग जानकारी लिएका थिए ।
‘सभामुखज्यूले ग्यास अभावबारे चासो राख्नुभएको छ । उपभोक्ता वर्षातमा भिज्दै लाइन लाग्नुको कारण के हो ? यो समस्याको अन्त्य कसरी गर्ने, समस्याको कारण के हो ? जानकारी लिनुभएको छ,’ सभामुखको सचिवालयले भन्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुख अर्यालले पार्टी सभापति रवि लामिछानेसँग पनि यसबारे चासो राखेका छन् ।

Marvel
Extreme Energy

माग र आपूर्तिको सन्तुलन मिलाएर वितरण सहज बनाउन आवश्यक पहल लिन पनि उनले सभापतिको ध्यानकर्षण गराएका थिए ।

उद्योग मन्त्रालयका अनुसार वैशाख, जेठ, असारको तुलनाामा साउनमा ग्यास आयात उल्लेख्य बढेको छ ।

वैशाखमा ३२ हजार ०५६ मेट्रिक टन आयात भएको थियो । यसबाट २ लाख २५ हजार ७४९ वटा सिलिण्डर भरिएको थियो ।

जेठमा ३२ हजार ८४२.२९ मेट्रिक टन आयात भएर २ लाख ३१ हजार २८२ वटा सिलिण्डर भरिने मन्त्रालयले बताएको छ ।

असारमा ४४ हजार ५४४.५० मेट्रिक टन आयात भइ ३ लाख  १३ हजार ६९३ वटा सिलिण्डर भरिएकामा साउन ३० सम्म ५४ हजार ५०५ मेट्रिक टन आयात भइसकेको छ । जसबाट ३ लाख ८३ हजार ८४१ वटा सिलिण्डर भरिने मन्त्रालयले बताएको छ ।

तर पनि ग्यासमा हाहार मच्चिएको कारण मन्त्रालयले खोजी गरिरहेको छ। 

पछिल्लो समय मन्त्रालय आफै अग्रसरता देखाउँदै ग्यास वितरणमा सहजीकरण गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...