नेभिगेशन
मुख्य समाचार

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ ।

एमालेले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका अनुसार जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत विभिन्न जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ । सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनसमेत प्रभावित भएको एमालेले जनाएको छ ।

Ncell
Extreme Energy

जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको तथा एक जना अझै बेपत्ता रहेको एमालेको विज्ञप्तिमा उल्लेख छ । पहिरोमा परी घाइते भएका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको थियो । बेपत्तामध्ये ५४ वर्षीया उमासिंह खत्री, ७० वर्षीय भमीबहादुर कार्की र ८३ वर्षीया रति खत्रीको शव फेला परेको तथा १४ वर्षीय हरिस विक अझै बेपत्ता रहेको जनाइएको छ । घटनामा सात जना घाइते भएका छन् भने आठ वटा घरमा क्षति पुगेको छ ।

रोल्पामा गएको साता भएको भीषण पहिरोमा १७ जनाको मृत्यु भएको एमालेले जनाएको छ । पछिल्लो समय सुनछहरी गाउँपालिका–२, फलबाङमा बिहीबार राति पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगर बेपत्ता भएका छन् ।

त्यस्तै, पोखरा महानगरपालिका–१४ स्थित विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिक खोलाले बगाउँदा १४ वर्षीय निकसन गुरुङ र १५ वर्षीय ओमन राई बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण आएको बाढीपहिरो र हिलोले देशका प्रमुख सडकको आवागमनसमेत प्रभावित भएको एमालेले जनाएको छ । बिपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, जाजरकोट–डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र सहिद मार्ग पहिरो तथा भूस्खलनका कारण पूर्णरूपमा बन्द भएको एमालेको भनाइ छ ।

एमालेले बाढीपहिरोबाट बेपत्ताको खोजी, पीडितको उद्धार तथा राहत र सडक सञ्चालनको काम तीव्र बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै, स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी उद्धार, राहत तथा सडक सञ्चालनका काममा जुट्न स्थानीय पार्टी कमिटी र कार्यकर्तालाई आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
एमाले कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित होइन : नवीना लामा

एमाले कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित होइन : नवीना लामा

नेकपा एमाले नेता नवीना लामाले पार्टीभित्रका कार्यकर्तालाई ‘आवारा’ जस्ता अपमानजनक शब्द प्रयोग गर्नु उचित नभएको बताएकी छन्।
कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

सम्मेलन व्यवस्थापन समितिका संयोजक दीपक कुइँकेलले घोषणा गरेको निर्णयमा भनिएको छ– ‘१४ औं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाइको नेतृत्वमा रहेको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको...