नेभिगेशन
मुख्य समाचार

एमाले कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित होइन : नवीना लामा

काठमाडौं । नेकपा एमाले नेता नवीना लामाले पार्टीभित्रका कार्यकर्तालाई ‘आवारा’ जस्ता अपमानजनक शब्द प्रयोग गर्नु उचित नभएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामाले एमाले कुनै एक व्यक्तिको पार्टी नभई हजारौँ कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट निर्माण भएको साझा पार्टी भएको उल्लेख गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूहरूले पनि दुःख, कष्ट र संघर्ष गरेर योगदान गरेको भन्दै उनले कुनै व्यक्तिको कार्यशैली मन नपर्न सक्ने र नेतृत्वसँग असहमति हुन सक्ने भए पनि त्यसकै कारण पार्टीको विचार, सिद्धान्त र इतिहास त्याग्नुपर्ने अवस्था नहुने बताएकी छन्।

Marvel
Extreme Energy

लामाले पार्टीमा रहेका कार्यकर्तालाई ‘आवारा’ जस्ता शब्द प्रयोग गरेर अपमान गर्नु उचित नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवार पदमा बसेका व्यक्तिको अभिव्यक्ति मर्यादित, संयमित र सम्मानजनक हुनुपर्ने स्मरण गराएकी छन्।

‘अध्यक्षज्यू, बोल्ने अधिकार सबैलाई छ, तर जिम्मेवार पदमा बसेका व्यक्तिको बोली पनि त्यत्तिकै मर्यादित, संयमित र सम्मानजनक हुनुपर्छ,’ उनले भनेकी छन्।

पार्टीभित्र नेतृत्वसँग असहमति हुन सक्ने भए पनि त्यसलाई अपमानको माध्यमबाट नभई सम्मानपूर्वक बहस र संवादमार्फत समाधान गर्नुपर्ने लामाको भनाइ छ।

‘असहमति हुन सक्छ, तर अपमान गरेर होइन, सम्मानपूर्वक बहस गरेर समाधान खोज्नु नै लोकतान्त्रिक संस्कार हो,’ उनले लेखेकी छन्।

लामाको यो धारणा एमाले अध्यक्ष ओलीले हालै पार्टीभित्रका असन्तुष्ट समूहलाई लाञ्छित गर्दै आवारा भनेपछि आएको हो। पछिल्लो समय एमालेभित्र नेतृत्व, पार्टी पुनर्गठन र आन्तरिक लोकतन्त्रका विषयमा नेताहरूबीच सार्वजनिक रूपमा मतभेदका धारणा आउन थालेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...