नेभिगेशन
मुख्य समाचार

पुनर्गठनको नाममा अध्यक्ष फेर्ने गतिविधि सह्य हुँदैन : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको माग गर्दै नेतृत्व परिवर्तनका लागि भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर पार्टी अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको टिप्पणी गरेका छन् ।

झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको विषय उठाउने नाममा अनुशासनविपरीत गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने ।

Ncell
Extreme Energy

WhatsApp-Image-2026-08-16-at-14.59.31-1786877340.jpeg

‘एमाले अहिले पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छ’

ओलीले एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको दाबी गर्दै पार्टी ‘पुनर्जागरण’को चरणमा रहेको बताए । नेतृत्व परिवर्तनलाई मात्रै पुनर्गठनको अर्थमा बुझ्न नहुने उनको तर्क छ ।

‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौँ,’ उनले भने ।

पार्टीभित्र हुने नियमित अधिवेशन तथा कमिटी पुनर्संरचनालाई सिंगो पार्टीको पुनर्गठन भन्न नमिल्ने ओलीको भनाइ छ । कुनै जनसंगठन वा कमिटीको पुनर्गठन हुन सक्ने भए पनि त्यसलाई सिंगो पार्टीको पुनर्गठनका रूपमा व्याख्या गर्न नहुने उनले बताए ।

‘अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन । कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन । कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौँ, पुनर्गठन हुँदैन,’ ओलीले भने ।

उनले विगतका पार्टी अध्यक्षहरूको उदाहरण दिँदै नेतृत्व परिवर्तन मात्र पुनर्गठन नभएको बताए । उनका अनुसार पार्टीको नीति, गन्तव्य र कार्यक्रममै परिवर्तन ल्याउने प्रक्रिया नै वास्तविक पुनर्गठन हो ।

‘विगतमा पनि मलाई हटाउने प्रयास भए’

आफ्नो नेतृत्वमाथि प्रश्न उठाइरहेका नेताहरूलाई जवाफ दिने क्रममा ओलीले विगतमा पनि आफूविरुद्ध पार्टीभित्र पटक–पटक गतिविधि भएको स्मरण गरे ।

उनले २०२९ देखि २०३२ सालसम्म सीपी मैनालीलगायतका नेताहरूले आफूलाई पार्टी सदस्यताबाटै वञ्चित गरेको दाबी गरे ।

त्यसैगरी २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफूलाई पार्टीबाट निष्कासन गरेको प्रसंग पनि उनले सुनाए । ती सबै अवस्थामा आफूले पार्टीलाई जोगाउँदै अघि बढेको ओलीको दाबी थियो ।

आफ्नो नेतृत्वमा पार्टीले हासिल गरेका उपलब्धि र विगतका राजनीतिक घटनाक्रमको लामो चर्चा गर्दै ओलीले नेतृत्व परिवर्तनको माग गर्नेहरूले ती पक्षलाई पनि ध्यान दिनुपर्ने संकेत गरे ।

‘सदस्यभन्दा कम भोट आयो, सुन्दा लाज हुन्छ’

ओलीले पार्टी सदस्यको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । एमालेका सदस्य संख्या र निर्वाचनमा पार्टीले प्राप्त गरेको मतबीचको अन्तरप्रति उनले असन्तुष्टि जनाए ।

‘हाम्रो पार्टीमा सदस्यभन्दा कम भोट आयो । सुन्दा लाज हुन्छ,’ ओलीले भने, ‘कस्तो सदस्य ?’

उनले पार्टीको सदस्यता नवीकरण गर्दा पार्टीलाई मत नदिने व्यक्तिका विषयमा समेत गम्भीर हुन निर्देशन दिए ।

‘सदस्यको नवीकरण गर्नुस्, गैरसदस्यको होइन,’ ओलीले भने, ‘नयाँ सदस्य थप्नुस् ।’

WhatsApp-Image-2026-08-16-at-14.59.27-(1)-1786877340.jpeg

‘खानेहरूले गुनासो गरे, नपाउनेले पनि भोट हाले’

ओलीले पार्टीभित्र अवसर र जिम्मेवारी पाएका केही नेताहरूबाटै असन्तुष्टि व्यक्त भइरहेको भन्दै आलोचना गरे ।

‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन्,’ उनले भने, ‘केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन् ।’

पार्टीबाट लाभ लिएर पनि पार्टीप्रति असन्तुष्टि जनाउनेहरूलाई उनले ‘किर्ना’को संज्ञा दिए । पार्टीलाई कमजोर बनाउने प्रवृत्तिमाथि व्यंग्य गर्दै ओलीले भने, ‘एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले ।’

WhatsApp-Image-2026-08-16-at-14.59.36-1786877339.jpeg

‘एमालेमा लोकतन्त्र जीवित छ’

पार्टीभित्र लोकतन्त्र नरहेको भन्ने आरोपको समेत ओलीले खण्डन गरे । उनले एमालेमा सबैका कुरा सुन्ने गरिएको र आफूले समेत फरक मत तथा आलोचना सुन्ने गरेको दाबी गरे ।

‘मैले जिन्दगीमा अहिलेसम्म कडा वचन, कडा स्वर कहिले प्रयोग गरेको छैन,’ ओलीले भने ।

पार्टीभित्र आफूले नेता–कार्यकर्तालाई हप्काउने गरेको भन्ने प्रचारप्रति पनि उनले असन्तुष्टि जनाए । कसैलाई हप्काउने वा पार्टीमा कसैलाई मालिक र कसैलाई दासका रूपमा व्यवहार गर्ने पक्षमा आफू नरहेको उनले स्पष्ट पारे ।

‘कसैलाई हप्काउन पाइँदैन । कोही मालिक र कोही दास छैन,’ ओलीले भने ।

ओलीको पछिल्लो अभिव्यक्तिले एमालेभित्र पछिल्लो समय उठिरहेको पुनर्गठन, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र र संगठनात्मक सुधारसम्बन्धी बहसलाई थप सतहमा ल्याएको छ । पार्टीभित्रै केही नेताहरूले पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गरिरहेका बेला अध्यक्ष ओलीले भने नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै पार्टी अहिले ‘पुनर्जागरण’को चरणमा रहेको धारणा राखेका हुन् ।

WhatsApp-Image-2026-08-16-at-14.59.34-1786877339.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
एमाले कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित होइन : नवीना लामा

एमाले कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित होइन : नवीना लामा

नेकपा एमाले नेता नवीना लामाले पार्टीभित्रका कार्यकर्तालाई ‘आवारा’ जस्ता अपमानजनक शब्द प्रयोग गर्नु उचित नभएको बताएकी छन्।
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ ।