नेभिगेशन
बजार

पायक पर्ने विक्रेताबाटै ग्यास किन्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतामार्फत खाना पकाउने एलपी ग्यास खरिद गर्न आग्रह गरेको छ । 

निगमले २०८३ भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको हो । ग्यासको बिक्री वितरणलाई व्यवस्थित एवं प्रभावकारी बनाउन निगमले ग्यास उद्योग र विक्रेताका लागि विभिन्न व्यवस्था लागू गरेको जनाएको छ ।

Ncell
Extreme Energy

निगमका अनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएका सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगममा उपलब्ध गराउनुपर्नेछ ।

त्यसैगरी ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित ग्यास उद्योगलाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । सम्बन्धित उद्योगले उक्त विवरण सोही दिन नेपाल आयल निगममा उपलब्ध गराउनुपर्ने निगमले जनाएको छ ।

निगमले अत्यावश्यक घरेलु प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री वितरण गर्नसमेत निर्देशन दिएको छ ।

ग्यासको ढुवानी तथा वितरणका क्रममा सुरक्षाको दृष्टिले आवश्यक सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीमार्फत ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

नजिकको विक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल अत्यावश्यक परेका उपभोक्ताले निगममा सञ्चालनमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन् ।

निगमले क्यूआरटीका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

बजारमा एलपी ग्यासको अभाव देखिएपछि निगमले बिक्री वितरण प्रणालीलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरेको हो । निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र पायक पर्ने विक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नीति सम्वाद गर्ने भएको छ ।
जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ।
मन्त्री लम्साललाई भएकाे के हो ?

मन्त्री लम्साललाई भएकाे के हो ?

सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई उपचारका लागि काठमाडौं ल्याइँदैछ।