नेभिगेशन
मुख्य समाचार

घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी (तस्बिरहरू)

काठमाडौं । नागपञ्चमी पर्व आज देशभर नागको तस्बिर घरको मूलढोकामाथि टाँसी पूजा तथा आराधना गरेर मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा गर्ने परम्पराअनुसार आज नागपञ्चमी मनाएका हुन्।

नागपञ्चमीका अवसरमा घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, फूल, दुबो लगायतका पूजासामग्री चढाउने गरिन्छ। नागको पूजा गरेमा सर्पको भयबाट मुक्ति मिल्ने तथा घरमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यकाका विभिन्न नागस्थान तथा नाग मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। नागपञ्चमीका अवसरमा नागपोखरी, टौदह, नागदहलगायत स्थानमा विशेष पूजा तथा धार्मिक गतिविधि हुने गरेका छन्।

Marvel
Extreme Energy

धार्मिक मान्यतासँगै नागपञ्चमीलाई प्रकृति तथा सर्प संरक्षणसँग जोडेर पनि हेर्ने गरिन्छ। खेतबारीमा पाइने सर्पले मुसालगायतका जीव नियन्त्रणमा सहयोग पुर्‍याउने भएकाले पर्यावरणीय सन्तुलन कायम राख्न समेत सर्पको महत्वपूर्ण भूमिका रहने गर्दछ।

यसै कारण नागपञ्चमीले धार्मिक आस्था र परम्परासँगै सर्प तथा जैविक विविधता संरक्षणको सन्देशसमेत दिने गरेको छ।

IMG-20260817-WA0016-1786938258.jpg

IMG-20260817-WA0010-1786938258.jpg

IMG-20260817-WA0005(1)-1786938259.jpg

IMG-20260817-WA0008-1786938282.jpg

IMG-20260817-WA0017-1786938282.jpg

IMG-20260817-WA0012-1786938259.jpg

IMG-20260817-WA0007-1786938259.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...