नेभिगेशन
मुख्य समाचार

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

कैलाली । बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ ।

बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै आज बिहान उनी सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गम्भीर घाइ भएकी नेतृ सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Ncell
Extreme Energy

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिए।

नेतृ सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवारसमेत बनेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन तथा नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग संवाद सुरु गरेको छ।
फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ।
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

बिहान ३ बजे उठेर कोशीटप्पु जाने, जङ्गलबाट निगुरो खोजेर ल्याउने र भन्टाबारीमा व्यापारीलाई बिक्री गर्ने । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयको दिनचर्या अहिले यस्तै छ।
५०० किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा (तस्बिरकथा)

५०० किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा (तस्बिरकथा)

नेपालमा विद्युत् उत्पादन सुरु भएको एक शताब्दीभन्दा बढी भइसक्दा देशको विद्युत् उत्पादन क्षमता हजारौँ मेगावाट पुगेको छ। तर नेपालको आधुनिक ऊर्जा यात्राको पहिलो अध्याय लेखेको फर्पिङ जलविद्युत् केन्द्र...