नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीलाई संसद्‍मा उपस्थित भएर प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुखले प्रतिनिधि सभाको नियमावलीअनुसार प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्।

सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।

Ncell
Extreme Energy

सभामुखले भने– ‘प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ, यसै सन्दर्भमा प्रतिनिधि सभा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जवाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’

जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा सीमा सम्बन्धी विषयलाई लिएर विपक्षी दलहरुले प्रधानमन्त्रीसँग स्पष्टीकरण माग गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्।
वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्।
गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः  शशांक कोइराला

गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।