नेभिगेशन
मुख्य समाचार

स–साना नदीको बहाव बढ्ने, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका स–साना नदीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार बर्दियाको किरिन नदीस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा छ। तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बेलुका उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार आज सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

Ncell
Extreme Energy

ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ।

विभागले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्।
वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्।
गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः  शशांक कोइराला

गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।