नेभिगेशन
मुख्य समाचार

वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखा घर भएकी ३५ वर्षीया ममता पाण्डे र काठमाडौंकी ५४ वर्षीया जननी बज्राचार्य छन्। उनीहरू आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार उनीहरूबाट तोकिएको मापदण्डभन्दा बढी विदेशी मुद्रा बरामद भएको छ।

Ncell
Extreme Energy

प्रहरीले बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगिट बरामद गरेको छ। त्यस्तै, पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगिट बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्।