नेभिगेशन
मुख्य समाचार

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्।

प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै बानियाँले राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिनुअघि उनले आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदे प्रगति विवरण समेत प्रस्तुत गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। सोहीअनुसार उनले सोमबार विश्वासको मत लिन प्रस्ताव पेस गरेका थिए।

Ncell
Extreme Energy

तर विश्वासको मतको पक्षमा बानियाँ नेतृत्वको नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका सांसद मात्रै उभिने अवस्था बनेको थियो। प्रस्तावको विपक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमाले रहेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने तयारीमा थिए।

बानियाँ २० साउन २०८२ मा बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २७ साउन २०८२ मा प्रदेशसभाका ६३ सदस्यको समर्थनमा विश्वासको मत पाएका थिए। उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्।