नेभिगेशन
मुख्य समाचार

कोशीमा प्रचण्डका ज्वाइँ मन्त्री बन्दै

विराटनगर । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य कोशी प्रदेशको भौतिक पूर्वाधारमन्त्री बन्ने भएका छन्।

नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश सरकारमा सहभागी हुन लागेको हो। नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोरङका आचार्यलाई भौतिक पूर्वाधारमन्त्री बनाउने निर्णय भएको नेकपाका एक नेताले बताए। आचार्यकी पत्नी गंगा दाहाल प्रचण्डको सचिवालयको नेतृत्वमा थिइन्।

Ncell
Extreme Energy

त्यस्तै, इलामकी खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र मोरङकी गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री बनाइने भएको छ।

सुनसरीकी सपना परियारलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ।

नवनियुक्त मन्त्रीहरूको सोमबार अपराह्न ३ बजे शपथ गराउने तयारी छ।

नेकपामा मन्त्री बन्न चाहने सांसदको संख्या धेरै भएपछि नाम छनोटमा ढिलाइ भएको थियो। नेकपा कोशीका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र आङ्बो र प्रदेश अध्यक्ष हर्क नेम्वाङलाई मन्त्री छनोटको जिम्मेवारी दिइएको थियो।

यी तीन नेताबीच सोमबार बिहान भएको छलफलपछि मन्त्रीहरूको नाम टुंगो लगाइएको नेकपाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्।