नेभिगेशन
मुख्य समाचार

विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकार गम्भीर नभएको भन्दै आशिकाको आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन आफूले ३७ दिनदेखि शून्य समयमा आवाज उठाउँदै आए पनि सरकारले सुनुवाइ नगरेको बताइन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विदेशमा अलपत्र शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाउँदा बजेट कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। सरकारको ढिलाइका कारण मृतकका आफन्तले शव पाउने आशासमेत गुमाउने अवस्था आएको उनले बताइन्।

Ncell
Extreme Energy

आफूले उठाएको प्रश्नको सम्बोधन र सभामुखबाट रुलिङ नआएसम्म सदनमा उभिएरै विरोध जारी राख्ने चेतावनीसमेत तामाङले दिइन्।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्।