नेभिगेशन
मुख्य समाचार

सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे सरकारले अझै जवाफ नदिएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत साउन २२ गते आफूले जाजरकोट र सल्यानका भूकम्पपीडितका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सम्बोधन गर्न आग्रह गरेको उनले स्मरण गरे । त्यस क्रममा सरकारलाई नौ दिनको समय दिएर कम्तीमा आफ्नो प्रश्नको जवाफ दिन माग गरे पनि अहिलेसम्म कुनै जवाफ नआएको उनले बताए ।

Ncell
Extreme Energy

शर्माले आफूले उठाएको विषय व्यक्तिगत नभई भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको साझा आवाज भएको भन्दै यसबारे सरकारलाई निश्चित समय तोकेर जवाफ दिन लगाउन सभामुखसँग आग्रह गरे ।

त्यसपछि रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने विषयमा सरकारले चासो नदिएको गुनासो गरिन् ।

उनले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनअघि प्रतिनिधिसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण गराएको भए पनि अहिलेसम्म कुनै प्रगति नभएको बताइन् ।

सदनमा विषय उठाएपछि त्यसको कार्यान्वयन हुने अपेक्षा राखे पनि एउटै विषय लिएर मन्त्रीदेखि सचिवसम्मका कार्यालय धाउनुपर्ने अवस्था रहेको भन्दै उनले प्रश्न गरिन् ।

तामाङका अनुसार विदेशमा रहेका नेपालीको शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको भए पनि आवश्यक कार्यविधि नबन्दा रकम खर्च हुन सकेको छैन । उनले यो विषयमा सरकारको जवाफ नआएसम्म सदनमा उभिएर विरोध गर्ने चेतावनीसमेत दिइन् ।

सांसदद्वयले उठाएका विषयपछि सभामुख अर्यालले सरकारलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिए ।

‘माननीय सदस्य गोपाल शर्मा र माननीय सदस्य आशिका तामाङबाट उठाइएको विषयमा तीन दिनभित्र सरकारलाई जवाफ दिन निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।

यसअघि सोमबारकै बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखले प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्।