नेभिगेशन
मुख्य समाचार

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।

वैदेशिक रोजगारीलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रिया छिटो टुंग्याउने सहमति सरकार र व्यवसायीबीच भएको छ। यही सहमतिपछि संघले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघले गत साउन २२ गते १५ बुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेको थियो। आन्दोलनकै कार्यक्रमअन्तर्गत आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन रोक्ने घोषणा व्यवसायीले गरेका थिए।

Marvel
Extreme Energy

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थितिमा मन्त्रालय र व्यवसायीबीच भएको छलफलपछि आन्दोलन रोकिएको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए।

उनका अनुसार व्यवसायीका माग सम्बोधन गर्न समय लाग्ने भएकाले आन्दोलन स्थगित गरिएको हो। संघले अघि सारेका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत विषय भएकाले तिनलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समेट्ने सहमति भएको खत्रीले बताए।

“संघका तर्फबाट प्रस्तुत माग यथावत छन्। तर कतिपय विषय ऐन संशोधनमा समेटिने भएकाले केही समय आन्दोलन स्थगित गर्ने निर्णय गरेका छौँ,” उनले भने।

व्यवसायीका अन्य मागका सम्बन्धमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिए विभागले सहजीकरण गर्ने सहमति भएको छ। विभागबाट समस्या समाधान हुन नसके मन्त्रालयमार्फत त्यसको सम्बोधन गरिने जानकारी व्यवसायीलाई दिइएको छ।

संघले यसअघि आफ्ना माग सम्बोधन नभए गन्तव्य मुलुकमा श्रमिक पठाउने काम रोक्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सरकारसँग भएको सहमतिपछि तत्कालका लागि ती कार्यक्रम रोकिएका छन्।

WhatsApp-Image-2026-08-17-at-12.21.54-1786959186.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...