नेभिगेशन
मुख्य समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छन्।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रबारे छलफल भएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले नीतिगत तथा संरचनागत सुधार अघि बढाइरहेको जानकारी दिए। उनले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा शिक्षा ऐन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन अघि बढाइएको र सुधार गर्नुपर्ने विषयलाई पनि त्यसमा समेटिने बताए।

Ncell
Extreme Energy

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम अघि बढिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राविधिक तथा व्यावसायिक शिक्षामा सुशासन सुधार, कार्यकारी भूमिकासम्बन्धी विद्यमान द्विविधा अन्त्य, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा समेत मन्त्रालयले काम गरिरहेको बताए।

मन्त्रालयले अघि सारेका शिक्षा क्षेत्रका सुधारका कार्यक्रममा उपयुक्त सन्दर्भमा इयूसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

प्रारम्भिक बाल विकास (इसिडी) का शिक्षकलाई प्रारम्भिक अटिजम पहिचान तथा स्क्रिनिङसम्बन्धी तालिम दिने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यस क्षेत्रमा इयूसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने विश्वास व्यक्त गरे।

भेटमा इयूका राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्य इयूको महत्वपूर्ण प्राथमिकतामध्ये एक रहेको बताइन्। उनले शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

राजदूत लोरेन्जोले इयूले नेपालको शिक्षा क्षेत्रको सन् २०२८ देखि २०३४ सम्मको सुधारका लागि आवश्यक फ्रेमवर्कमा काम गरिरहेको जानकारी दिइन्। विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा र शिक्षकको पेसागत विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य गर्न इयू तयार रहेको उनले बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्।