नेभिगेशन
मुख्य समाचार

कर्णालीका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारणबाट विद्युत् पहुँच : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुगेको बताएका छन् ।

प्रतिनिधिसभामा मन्त्रालयका योजना तथा कार्यक्रमबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म कर्णालीका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पहुँच पुगेको जानकारी दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार बाँकी क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारसँगै वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युत् पहुँच पुर्‍याउने काम भइरहेको छ ।

Ncell
Extreme Energy

कर्णालीका ७१८ वडामध्ये ८२ वडा पूर्ण रूपमा र ४७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण भएका छन् । अझै १६४ वडामा राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी रहेको मन्त्री श्रेष्ठले बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कर्णालीमा हालसम्म २०९ वटा लघु तथा साना जलविद्युत् आयोजनाबाट ६ हजार ७१९ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । यी आयोजनाबाट ६४ हजार २३१ घरधुरी लाभान्वित भएका छन् ।

त्यस्तै, २३ वटा सौर्य मिनीग्रिडबाट एक हजार ७०९ किलोवाट विद्युत् उत्पादन भई पाँच हजार ३९१ घरधुरीमा विद्युत् पहुँच पुगेको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठका अनुसार कर्णालीमा विद्युतीकरण हुन बाँकी एक लाख एक हजार १८७ घरधुरी तथा भौगोलिक क्षेत्र पहिचान गरी २०७९ सालमा ‘लास्ट माइल विद्युतीकरण योजना’ तयार गरिएको थियो । त्यसयता विद्युतीकरण अभियान अघि बढेपछि हाल १३ वटा पालिकाका करिब १० हजार घरधुरीमा मात्र विद्युतीकरण हुन बाँकी रहेको उनले बताए ।

प्रसारण लाइन र सबस्टेशन निर्माण तीव्र

मन्त्री श्रेष्ठले कर्णालीमा प्रसारण लाइन तथा सबस्टेशन निर्माणको काम पनि अघि बढिरहेको बताए ।

उनका अनुसार १३२ केभी सुर्खेत सबस्टेशन सञ्चालनमा आइसकेको छ । ३२ किलोमिटर लामो डबल सर्किट १३२ केभी सुर्खेत–दैलेख प्रसारण लाइन निर्माणाधीन छ । उक्त आयोजना आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

दैलेखको चुप्रा १३२ केभी सबस्टेशन आगामी पुसभित्र सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । दैलेख–कालीकोट–जुम्ला १३२ केभी प्रसारण लाइनका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ ।

कालीकोट, जुम्ला, रुकुम पश्चिम, जाजरकोट, सल्यान, मुगु र हुम्लालगायत जिल्लामा ३३/११ केभी सबस्टेशन तथा वितरण लाइन निर्माणका विभिन्न प्याकेज कार्यान्वयनमा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जुम्ला र कालीकोट क्षेत्रमा करिब ६० प्रतिशत तथा अन्य जिल्लामा ४० देखि ७० प्रतिशतसम्म भौतिक प्रगति भएको छ ।

८ मेगावाटको सौर्य आयोजना

वैकल्पिक ऊर्जातर्फ पनि सरकारले समानान्तर रूपमा कार्यक्रम अघि बढाएको मन्त्री श्रेष्ठले बताए ।

एशियाली विकास बैंकको ऋण सहयोगमा आठ मेगावाट क्षमताको ग्रिड कनेक्टेड सौर्य विद्युत् आयोजना सुरु गरिएको र त्यसका लागि दैलेख, रुकुम पश्चिम र जुम्लामा जग्गा छनोट भइसकेको उनले जानकारी दिए ।

दुर्गम वडामा सोलार होम सिस्टम, साना जलविद्युत् तथा सोलार मिनीग्रिड निर्माणका लागि बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन भइरहेको पनि उनले बताए ।

दुई चरणमा पूर्ण विद्युतीकरण

सरकारले कर्णाली प्रदेश विद्युतीकरण आयोजनालाई दुई चरणमा अघि बढाउने योजना बनाएको मन्त्री श्रेष्ठले बताए ।

पहिलो चरणमा सल्यान, पश्चिम रुकुम, जाजरकोट, कालीकोट, जुम्ला र मुगुमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जडान गरिनेछ । यसका लागि बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिए ।

दोस्रो चरणमा माथिल्लो डोल्पामा ३३/११ केभी सबस्टेशन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा पूर्ण विद्युतीकरण सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।

‘जहाँ राष्ट्रिय प्रसारण लाइन आर्थिक तथा प्राविधिक रूपमा सम्भव छ, त्यहाँ प्रसारण प्रणाली विस्तार गर्ने र जहाँ तत्काल राष्ट्रिय ग्रिड पुर्‍याउन कठिन छ, त्यहाँ लघु जलविद्युत्, सौर्य मिनीग्रिड तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत् पहुँच सुनिश्चित गर्ने गरी सरकारले कार्ययोजना तयार गरेको छ,’ मन्त्री श्रेष्ठले भने ।

उनले नेपाल सरकार, प्रदेश र स्थानीय तहको सहयोग तथा समन्वयमा नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कर्णालीको विद्युतीकरण निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मन्त्रिपरिषद्का यी हुन् ११ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ११ निर्णय

सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीले मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
बालेन शाहले लेखेको एक्लोबारेको प्रश्नमा रविको जवाफ– उहाँ कवि पनि हो

बालेन शाहले लेखेको एक्लोबारेको प्रश्नमा रविको जवाफ– उहाँ कवि पनि हो

‘कहिलेकाहीँ तपाईंहरूलाई रमाइलोका लागि लेखिदिनुहुन्छ । दुई जनाबीचको धारै अलग छ कि, झगडै परेछ कि क्या हो भन्नुहुन्छ । तपाईंहरूको समाचारले हामीलाई अझ बढी नजिक ल्याउँछ । यस्ता...