नेभिगेशन
समाज

गरिमा चौधरीको न्यायको कानुनमन्त्री गौतमको पहल, पीडितका बाबुले भने 'अरू धेरै छोरीहरू जोगिऊन्'

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पहल कदमी लिएकी छिन् । 

गरिमामाथिको जघन्य अपराधको घटनापछि आम नागरिक तहमा मृत्युदण्डको सजाय हुनुपर्ने आवाज उठिरहेका बेला मन्त्री गौतमले कानुनमा सुधार गरी कडाभन्दा कडा सजायको व्यवस्था गर्ने प्रक्रिया अगाडि बढाएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'यो जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानूनमा भएको कसूर र सजायको व्यवस्था पुनरावलोकन गरी कडा भन्दा कडा दण्ड निर्धारण गर्न कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न सात सदस्यीय “गरिमा न्याय संकल्प समिति” गठन गर्ने निधो गर्यौँ,' मन्त्री गौतमले भनिन् । 

Ncell
Extreme Energy

गरिमा र त्यस्तै अन्य छोरीहरूको हितको लागि समाधान खोज्न समिति गठन गरिएको र कानुनमा सुधार गरिने स्पष्ट पारिन् । 

कानुनमै सुधार गर्ने गरी कानुनमन्त्री अगाडि बढेपछि गरिमाका बाबुले 'हामीले हाम्रो गरिमालाई जोगाउन सकेनौँ, तर गरिमाको घटनाबाट हुने कानूनी सुधारले अरू धेरै छोरीहरू जोगिऊन्' भनेका थिए । 

यसलाई मन्त्री गौतमले 'आफ्नो तीन वर्षकी छोरी गुमाएको पीडाभित्र पनि अरूका छोरीको भविष्य सोच्न सक्नु सामान्य कुरा होइन' भनेकी छिन् । 'गरिमाका लागि न्याय र हरेक छोरीका लागि सुरक्षा' उनको भनाइ छ ।  

मन्त्री गौतमले यो घटनामा मिडिया ट्रायल गरेर नगिजोल्न र प्रहरी र गृह प्रशासनलाई निष्पक्ष अनुसन्धान गर्न दिन अपिल पनि गरेकी छिन् ।  

मन्त्री गौतमले यो घटनासँग जोडेर आफ्नो पुरानो भिडियो क्लिप काटेर फरक अर्थ लाग्ने गरी भ्रम फैलाइएकाेमा पनि आपत्ति जनाएकी छिन् ।

मन्त्री गौतमले कानुन सुधार, प्रक्रियागत मजबुती र शून्य सहनशीलताको नीति अपनाउँदै हरेक छोरीको सुरक्षाका लागि कानुनी, सामाजिक र संस्थागत सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ...
मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्  ।
'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।