नेभिगेशन
समाज

रसुवा बाढीबारे संसद्‍मा परराष्ट्रमन्त्री खनालले दिए जानकारी

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिबारे सरकारले प्रतिनिधिसभालाई जानकारी गराएको छ। सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा घटनाबारे जानकारी गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि गृहमन्त्री सुधन गुरुङले संसद्मा जानकारी गराउने भनिए पनि उनी व्यस्त रहेकाले परराष्ट्रमन्त्री खनालले सरकारको तर्फबाट विवरण प्रस्तुत गरेका हुन्।

Ncell
Extreme Energy

मन्त्री खनालका अनुसार आज बिहान करिब ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो। बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको उनले बताए। धादिङलगायतका क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको उनले संसद्लाई जानकारी दिए।

उनका अनुसार बिहान ८ः३७ बजे उक्त क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपहिरो खसेका कारण बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो। यद्यपि भूकम्प र हिमपहिरोका कारण नै बाढी आएको हो भन्ने विषय पुष्टि हुन बाँकी रहेको उनले बताए।

मन्त्री खनालले विपद्को अवस्थाबारे प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएको जानकारी दिए।

प्रधानमन्त्री शाहले विपद्को यस घडीमा आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यमा खटिन सबैलाई आग्रह गरेको पनि मन्त्री खनालले संसद्लाई जानकारी गराए।

बाढीपछि सरकारले आकस्मिक मन्त्रिपरिषद् बैठकसमेत बसेर उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका सम्बन्धमा निर्णय गरेको मन्त्री खनालले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्
२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

सुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीले चार जिल्लामा १७ जनाको शव फेला परेको जनाएको छ ।
भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।