नेभिगेशन
मुख्य समाचार

रसुवाको बाढीमा बससहित ३३ यात्रु सम्पर्कविहीन

गोरखा । गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्डतर्फ जाँदै गरेको बस रसुवामा आएको बाढीले बगाउँदा बससहित ३३ जना सम्पर्कविहीन भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिका–५ ठाँटीपोखरी बजारबाट आज दिउँसो करिब २ बजे रसुवातर्फ गएको पृथ्वी यातायातको ग २ ख ११५२ नम्बरको बसमा चालक र सहचालकसहित करिब ३८ जना यात्रु सवार थिए।

Ncell
Extreme Energy

बाढी आएपछि पाँच जना यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएको र बाँकी ३३ जना यात्रु तथा बसलाई बाढीले बगाएर बेपत्ता बनाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनाबारे आज दिउँसो २ बजे इलाका प्रहरी कार्यालय ठाँटीपोखरीमा जानकारी प्राप्त भएको हो। बेपत्ता यात्रुको खोजी तथा घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सोही स्थानबाट रसुवातर्फ गएका दुई वटा विद्युतीय माइक्रोबस (ईभी) र त्यसमा सवार यात्रुहरू भने सकुशल रहेको जानकारी प्राप्त भएको छ।

बा प्र ००१–००७ ख ८२३ नम्बरको ईभी माइक्रोमा १५ जना र बा प्र ०६–००१ ख ०७७२ नम्बरको ईभी माइक्रोमा १६ जना सवार थिए। दुवै माइक्रोबसका यात्रु तथा चालकहरू सकुशल रहेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्
२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

सुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीले चार जिल्लामा १७ जनाको शव फेला परेको जनाएको छ ।
भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।