नेभिगेशन
समाज

पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा २९१ विदेशी र ९३ नेपाली पर्यटक छन्। विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड तथा कैलाश मानसरोवर भ्रमणमा गएका उनीहरूको अवस्था अझै पत्ता लाग्न नसकेको बोर्डले जनाएको छ।

Ncell
Extreme Energy

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न ट्राभल तथा ट्रेकिङ कम्पनीमार्फत भ्रमणमा गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो।

बोर्डका अनुसार सम्राट टुर्स एण्ड ट्राभलमार्फत ७१ जना, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभलमार्फत १७ जना, लिफ होलिडेमार्फत ५५ जना, कैलाश जर्नीमार्फत ३१ जना, एक्सप्लोर भ्याकेशनमार्फत सात जना र ट्रेकर सोसाइटीमार्फत ९२ जना भ्रमणमा गएका थिए।

यस्तै, रिचा टुर्स एण्ड ट्राभलमार्फत १२ जना, फिस्टेल टुर्स एण्ड ट्राभलमार्फत २७ जना, हिमालयन ग्लासियरमार्फत ५२ जना र अल्पाइन इको ट्रेकमार्फत २० जना भ्रमणमा रहेको बोर्डले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन तथा सुरक्षा निकाय परिचालन गरिएको छ।

भोटेकोशी बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी तथा भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक तथा पुलमा समेत क्षति पुगेको छ।

पर्यटकको अवस्था तथा उद्धारसम्बन्धी जानकारी वा सहयोगका लागि नेपाल पर्यटन बोर्डले टोल फ्रि नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्
२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

सुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीले चार जिल्लामा १७ जनाको शव फेला परेको जनाएको छ ।