नेभिगेशन
समाज

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

नवलपरासी । भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार नारायणी नदीपारि रहेको सुस्ता गाउँका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको हो। स्थानीयलाई नदीवारि रामनगरस्थित शिव गंगाकुञ्ज प्राथमिक विद्यालयमा स्थानान्तरण गरिएको उनले जानकारी दिए।

Ncell
Extreme Energy

सुस्तामा २२० घरधुरीमा करिब १ हजार ४५७ जना बसोबास गर्दै आएका छन्। उनीहरूलाई घरका सामान सुरक्षित तथा अग्लो स्थानमा राख्न लगाएर विद्यालयमा सारिएको प्रशासनले जनाएको छ।

स्थानीयलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन्। सुस्तामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिट कार्यालयलाई समेत स्थानीयको स्थानान्तरणपछि सुरक्षित स्थानमा सारिने प्रमुख जिल्ला अधिकारी नेपालले बताए।

यसैबीच, सुस्तासँगै नारायणी नदी आसपासका प्रतापपुर र सुस्ता गाउँपालिकाका अन्य बस्तीमा समेत बाढी पस्न सक्ने जोखिम रहेकाले प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्
२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

सुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीले चार जिल्लामा १७ जनाको शव फेला परेको जनाएको छ ।