नेभिगेशन
समाज

रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्‍यापिड याक्सन टिम (र्‍याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय गरेको रास्वपाका सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् ।
उनका अनुसार  उद्धार तथा राहत परिचालनको संयोजनको जिम्मेवारीपूर्व र्‍याट संयोजक आशिष थापालाई दिइएको छ ।

Ncell
Extreme Energy

रास्वपा सचिवालयको आज बसेको बैठकले विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लाका नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिँदै छ बुँदे निर्णय गरेको हो ।

पार्टीले बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै आर्थिक तथा भौतिक सहयोग सरकारको एकद्वार प्रणालीमार्फत मात्र उपलब्ध गराउन अपिल गरेको छ ।

रास्वपाले विपद्का बेला फैलिन सक्ने अफवाह र भ्रामक सूचनाबाट बच्न सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न तथा नदी तटीय र पहिरो जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै, सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली तत्काल परिचालन गर्न, बेपत्ताको खोजी तीव्र बनाउन तथा घरबारविहीन परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन पुनःस्थापनाको ठोस योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

विपद् व्यवस्थापनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न रास्वपाले आधिकारिक, राजनीतिक तथा साङ्गठनिक सम्पूर्ण पूर्वनिर्धारित गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरेको छ । 
---

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।
दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपील गरेको छ।
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन्