नेभिगेशन
समाज

रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

काठमाडौँ । रसुवागढी क्षेत्रको बाढीमा रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्रालयका अनुसार रसुवागढी भन्सारका १५ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन । त्यस बाहेक अन्य घाइते कर्मचारीलाई उपचारकालागि काठमाडौँ ल्याइएको छ । 

Ncell
Extreme Energy

साझ ८ बजेसम्मको विवरणअनुसार रसुवागढी भन्सार कार्यालयमा कार्यरत नासु धर्मराज शाही,नासु तिलक पराजुली  घाइते भएका छन् ।

उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ । घाइते कर्मचारीलाई अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले अस्पतालमै पुगेर भेटेका छन् । 

उनीहरुसँगै  उद्धार गरिएका हाइड्रोपावरका कर्मचारी धनबहादुर थापा मगरको पनि उपचार भइरहेको छ । 

यस्तै, रसुवागढी भन्सार प्रमुखसहित ८ कर्मचारीलाई हवाई उद्धारमार्फत काठमाडौँ ल्याइएको छ । 
उनीहरुले अर्थमन्त्रीलाई घटना विवरण जानकारी गराएका छन् । 

थप, ८ जना भन्सारका कर्मचारीहरु अहिले रसुवागढीमा रहेका छन् भने उनीहरुको उद्धार प्रयास जारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।
दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपील गरेको छ।
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन्