नेभिगेशन
समाज

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

Ncell
Extreme Energy

उनका  अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ । घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ । यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।
दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपील गरेको छ।