नेभिगेशन
समाज

चितवनमा अब शव राख्ने ठाउँ छैन

चितवन । चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानैदेखि शव खोज्ने काम जारी छ । बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ । हालसम्म सबैभन्दा बढी शव चितवनमै फेला परेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार १९ पुरुष, १५ महिला, चार बालक, दुई बालिकाको सग्लो र २९ वटा अङ्गभङ्ग अवस्थाको शव फेला परेको छ ।

Ncell
Extreme Energy

शव खोजीका लागि नेपाली सेनाका ३३३ जना, नेपाल प्रहरीका २५० जना र सशस्त्र प्रहरीका १५० जनाभन्दा बढी जनशक्ति नदी किनारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । शव खोजी तथा व्यवस्थापनका विषयमा सरोकारवालाहरुसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको छ ।

प्रजिअ अर्यालले उद्योग सङ्घ चितवनसँगै रहेको औद्योगिक विकास प्रतिष्ठानमा शव राख्नका लागि वातावरण अनुकूलित ठाउँ बनाइँदै गरेको जानकारी दिए । सो स्थानमा शव राखेर सम्बन्धित शवको तस्बिर बाहिर ‘मोनिटर’मा देखाइने भएको छ । भेटिएका शवको नजिकबाट तस्बिर लिएर ‘ कोडिङ’ गरिँदै छ । शवको खोजीमा आएकाहरुलाई देखाएपछि पहिचान भएपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धितलाई शव हस्तान्तरण गरिने भएको छ ।

हालसम्म भेटिएका शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।  प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ व्यवस्थापन गर्न आग्रह गरिएको बताए । तनहुँबाट बुधबार पठाइएका नौ वटा शवलाई फिर्ता गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीले शव राख्नका लागि ९५ वटा झोला सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । शवका लागि आवश्यक त्रिपाल र स्टेचर पनि रेडक्रसले नै उपलब्ध गराएको छ । बैठकमा होटल व्यवसायी सङ्घ चितवनले आफन्त हराएर खोज्न आउनेहरुलाई निःशुल्क रुपमा खान र बस्न व्यवस्था गर्ने जनाएको छ । सङ्घका महासचिव कृष्णकुमार चौधरीले सबै होटलमा छुट्याएर बस्ने र खाने व्यवस्था गरिने बताए ।

शव खोजी र व्यवस्थापनका क्रममा आवश्यक सामग्री सहयोग गर्न उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग  सङ्घले आफू र मातहतका निकायमार्फत सहयोग गर्ने जनाएका छन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले विभत्स तस्बिर समाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रयोग नगर्न आग्रह गरे ।

बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नदी तटीय क्षेत्रका वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, अस्पताल व्यवस्थापक एवं सञ्चालक, उद्योग वाणिज्य सङ्घ र उद्योग सङ्घका अध्यक्षलगायत सरोकार भएकाहरुको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

दुर पुगेलगत्तै प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख लगायतबाट  ‘ब्रिफिङ’ लिएका छन् ।