नेभिगेशन
समाज

भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ५३८ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको आज दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार विभिन्न जिल्लामा गरी ५३८ शव फेला परेको हो ।

Ncell
Extreme Energy

प्राधिकरणका अनुसार रसुवामा १२१, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा २२१ शव फेला परेको छ ।

बाढीमा परेर अहिलेसम्म ९७७ जना सम्पर्कविहीन रहेको पनि प्राधिकरणले जनाएको छ । २८ जना प्रहरी, ४५ जना नेपाली सेना, १३ जना सशस्त्र प्रहरी, भन्सार कार्यालयका १५ कर्मचारी, अध्यागमन कार्यालयका ४ कर्मचारी सम्पर्कविहीन छन् । सम्पर्कविहीनको सूचीमा विदेशी नागरिकको संख्या ५१७ छ भने नेपाल घुम्न आएका विदेशमा बस्ने नेपालीको संख्या १२७ छ ।

अहिलेसम्म रसुवाबाट ४३, धादिङबाट ३ र नुवाकोटबाट २७ जना घाइतेको उद्धार गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी १४ हजार ८ सय २९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसबीचमा ३ हजार ७४२ जनाको उद्धार गरिएको पनि प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नाडाले "प्रधानमन्त्री दैवी प्रकोप राहत कोष"मा १० लाख सहयाेग गर्ने

नाडाले "प्रधानमन्त्री दैवी प्रकोप राहत कोष"मा १० लाख सहयाेग गर्ने

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गाेरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ ।
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...
आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

सैनिक मुख्यालयका अुनसार नेपाली सेनाका हेलिकोप्टरद्वारा रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ लगायतका क्षेत्रबाट २९ भारतीय, ४ जर्मन, ४ चिनियाँ, १ ओमान र २ कोरियन नागरिकको उद्धार गरिएको छ ।...