नेभिगेशन
समाज

देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर पक्षले पार्टीको छुट्टै महाधिवेशन गर्ने भएको छ । त्यसका लागि केही दिनभित्रै कार्यतालिका ल्याइने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतले कांग्रेसको पन्ध्रौँ महाधिवेशन रोक्न आदेश नदिएपछि इतरपक्षले छुट्टै महाधिवेशन गर्ने तयारी गरेको हो ।

Ncell
Extreme Energy

कांग्रेस इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले आज विज्ञप्ति जारी गरी सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएका कारण १५ औं महाधिवेशन गर्ने वैधानिक दायित्व बोध गरेर कार्यतालिका सार्वजनिक गर्न लागिएको बताएका हुन् । 

‘सर्वोच्च अदालतवाट रोक्ने आदेश नआएपछि १४ औं महाधिवेशनवाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमितिले १५ औं महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको बोध गर्दै १५ औं अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी पुनः प्रक्रिया प्रारम्भ गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोइरालाले संस्थापन पक्षले गर्ने महाधिवेशनमा सहभागी नहुन पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

यस्तो छ कोइरालाले जारी गरेको विज्ञप्ति  

Bigyapti-1-1788004430.jpg

bigyapti-2-1788004430.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने: आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने: आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा...
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच  के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच  के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएको ती समाचार संस्थाले जनाएका छन् ।

भर्खरै