नेभिगेशन
समाज

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४१८ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ७३४ पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १४ गते बिहान ९ बजेसम्म विभिन्न जिल्लामा बाढीमा परी मृत्यु भएका ७३४ जनाको शव फेला परेको हो ।

Marvel
Extreme Energy

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै २५९ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको मृत्यु भएको छ । चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत रहेको जनाइएको छ ।

बाढीपछि २ हजार ४१८ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख  छ । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना छन् ।

यस्तै रसुवाका ५६२, नुवाकोटका ११५, मकवानपुरका ६५ तथा जलविद्युत् आयोजनासँग सम्बन्धित १३३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी ५८९ विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ नेपाली र लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना पनि सम्पर्कविहीन छन् ।

बाढीबाट २४२ जना घाइते भएका छन् । उनीहरूमध्ये उपचाररत तथा उपचारपछि डिस्चार्ज भएकाहरू समावेश छन् । प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ ।

खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार २९३, नेपाली सेनाका ८ हजार ३९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन् ।

हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरीले २ हजार ५१३ जनाको उद्धार गरेका छन् ।

जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको समेत हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भदौ १२ गते १९१ र भदौ १३ गते ८८ गरी २७९ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म २२७ विदेशी नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।