नेभिगेशन
समाज

बाढी प्रभावित क्षेत्रमा उच्च गतिको नि:शुल्क इन्टरनेट उपलब्ध गराउने स्टारलिङ्कको प्रस्ताव

काठमाडौँ । इलोन मस्कको स्पेसएक्सद्वारा सञ्चालित स्टारलिङ्कले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नि:शुल्क  इन्टरनेट सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्याटलाइटमा आधारित इन्टरनेट सेवा दिँदै आएको  स्टारलिङ्कले  नेपाल सरकार र मानवीय सहायता संस्थाहरूलाई स्याटेलाइट इन्टरनेट किट उपलब्ध गराउने र नि:शुल्क सेवा प्रदान गर्ने प्रस्ताव गरेको हो ।

Ncell
Extreme Energy

विपद्बाट प्रभावित समुदायहरूप्रति ऐक्यबद्धता जनाउँदै स्टारलिङ्कले सडक, पुल र परम्परागत मोबाइल सञ्जालहरू क्षतिग्रस्त वा अवरुद्ध भएका क्षेत्रहरूमा महत्त्वपूर्ण सञ्चार सेवा पुनःस्थापना गर्न आफ्नो सेवाले मद्दत पुर्‍याउने बताएको छ ।

'यस हप्ताको विनाशकारी बाढीपछि हाम्रो सहानुभूति नेपाल र तिब्बत सीमाक्षेत्रका बासिन्दाहरूसँग छ,' कम्पनीले भनेको छ।

स्टारलिङ्कका अनुसार, स्याटेलाइट कनेक्टिभिटीले खोजी कार्यमा खटिएका उद्धार टोली, घाइतेहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मी र बेपत्ता वा सम्पर्कविहीन भएका आफन्तहरूसँग सम्पर्क प्रयास गरिरहेका परिवारहरूलाई सहयोग पुर्‍याउन सक्छ ।

कम्पनीकाअनुसार, ऊर्जाको स्रोत (बिजुली) र आकाश प्रस्ट देखिने स्थान उपलब्ध भएमा यसको स्याटेलाइट इन्टरनेट किटले केही मिनेटभित्रै उच्च गतिको, कम ढिलाइ हुने इन्टरनेट सेवा चालू गर्न सक्छ ।

परम्परागत भू-आधारित (स्थलीय) इन्टरनेट पूर्वाधारको तुलनामा स्याटेलाइटमा आधारित प्रणालीहरू विपद्का बेला विशेष गरी उपयोगी हुन्छन्, जब मोबाइल टावर, फाइबर-अप्टिक नेटवर्क र अन्य सञ्चार पूर्वाधारहरू क्षतिग्रस्त भएका हुन्छन् ।

नेपाली अधिकारीहरूबाट आवश्यक अनुमति पाउनासाथ उपकरणहरू पठाउन र नि:शुल्क इन्टरनेट सेवा सुरु गर्न आफू तयार रहेको स्टारलिङ्कले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'भोटेकोशी जलाधारमा महापहिरो खस्नुअघि नै सर्दै थियो जमिन'

'भोटेकोशी जलाधारमा महापहिरो खस्नुअघि नै सर्दै थियो जमिन'

रसुवाको भोटेकोशीमा बाढी निम्त्याउने गरी गत भदौ १० मा गएको महापहिरो खस्नुभन्दा अघिदेखि नै त्यस क्षेत्रमा जमिन बिस्तारै सरिरहेको पाइएको छ।
त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज तथा उद्धारमा नेपाली सेनासहितको प्राविधिक टोली परिचालन भएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।

भर्खरै