नेभिगेशन
समाज

बाढी प्रभावित क्षेत्रमा ‘विपद् पर्यटक’को अनावश्यक भीड

नुवाकोट । भोटेकोशीको बाढीपछि क्षतिग्रस्त भएको बिदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले यो क्षेत्रमा अत्यधिक भीड देखिएको छ । उद्धारकर्मी र पीडितका अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र  हेर्न जानेहरुको भीड लागेको छ ।

Ncell
Extreme Energy

भीड बढेपछि सडक तथा बस्तीमा थुप्रिएको बाढीको लेदो र गेग्रान पन्छाउने कार्यमा खटिएकाहरुलाई बाधा पुगेको छ ।

काममा बाधा पुगेपछि उद्धारकर्मी र सुरक्षाकर्मीले माइकिङ गर्दै अनावश्यक भीडभाड नगरिदिन र आफ्नो गन्तव्यतर्फ मात्रै अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

भीडका कारण उद्धारमा प्रयोग गरिएका उपकरण, सुरक्षाकर्मी तथा अत्यावश्यक सवारी साधनहरूको आवतजावतमा समेत समस्या उत्पन्न भएकाले कार्यस्थललाई सहज बनाइदिन प्रशासन तथा सुरक्षाकर्मीले आग्रह गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा निर्मित तथा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनामा कार्यरत ३७८ कर्मचारी अझै सम्पर्कविहीन छन् ।
भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

तर, समाजमा केही यस्ता राक्षसी चरित्रका व्यक्तिहरु पनि हुन्छन्– जसले अरुको दुःखमा फाइदा निकाल्न खोज्छन् । यतिसम्म कि, शवमा समेत आँखा लगाउँछन् ।
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।
त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुको परिवारले समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई धन्यवाद दिएका छन् ।