नेभिगेशन
समाज

गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

काठमाडौँ । गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकहरु वैकल्पिक मार्गबाट काठमाडौँ फर्कन थालेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरु गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् ।

Ncell
Extreme Energy

नियमित मार्ग बन्द भएपछि काठमाडौँटोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ ।

सोही मार्ग हुदै काठमाडौँ फर्कन लागेकाहरुले बाटो केही कठिन भए पनि फर्कन पाउँदा खुसी लागेको बताएका छन् ।

रसुवाको भोटेकोशी बाढीका कारण रसुवामा मात्रै १२ वटा पुल बगाएको छ भने अधिकांश सडकखण्ड बाढीको चपेटामा परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा निर्मित तथा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनामा कार्यरत ३७८ कर्मचारी अझै सम्पर्कविहीन छन् ।
भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

तर, समाजमा केही यस्ता राक्षसी चरित्रका व्यक्तिहरु पनि हुन्छन्– जसले अरुको दुःखमा फाइदा निकाल्न खोज्छन् । यतिसम्म कि, शवमा समेत आँखा लगाउँछन् ।
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।
त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुको परिवारले समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई धन्यवाद दिएका छन् ।