नेभिगेशन
समाज

हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा निर्मित तथा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनामा कार्यरत ३७८ कर्मचारी अझै सम्पर्कविहीन छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा मन्त्रालयका अनुसार, माथिल्लो त्रिशूली थ्री ‘ए’ का ४२, त्रिशूली जलविद्युत केन्द्रका २, देवीघाट जलविद्युत आयोजनाका १ र त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनका १६ कर्मचारी अझै सम्पर्कमा आएका छैनन् ।

Ncell
Extreme Energy

त्यसैगरी चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाका २ जना, चिलिमे जलविद्युत कम्पनीका ८, माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाका २१३, रसुवा वितरण केन्द्रका १ जना र रसुवागढी हाइड्रोपावर कम्पनीका ९३ जना कर्मचारीविहीन छन् ।

अधिकांश कर्मचारी टनेलमा फसेको आशंका छ । टनेलमा फसेकाको उद्धारका लागि प्रयास जारी रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार आज दिउँसो १ बजेसम्म ७५२ जनाको शव भेटिएको हो ।
भोटेकोशी विपद् बारे छलफल गर्न रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

भोटेकोशी विपद् बारे छलफल गर्न रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

विपद् व्यवस्थापनका बहुआयामिक पक्षहरुका सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य गरिएको छ ।
बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

बाढीमा सर्वसाधारणसँगै सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन् । चिमुरे प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सम्राट शेर्पा बाढीका बेला प्रहरी भ्यानसहित बेपत्ता भएका हुन् । रामेछापको गोकुलगङ्गा–३ घर भएका शेर्पाको...
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।