नेभिगेशन
समाज

देवघाटको जंगलमा आइतबार १०३ जनाको शव व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बगेर चितवनसम्म आइपुगेका पहिचान खुल्न नसकेका १०३ जनाको शवलाई आज चितवन प्रशासनले देवघाटस्थित चितवनतर्फको जंगल क्षेत्रमा माटोमुनि व्यवस्थापन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीपछि जिल्लाका विभिन्न स्थानबाट हालसम्म २ सय ७२ शव फेला परेका छन्। तीमध्ये १० शवको पहिचान खुलेपछि आफन्तले जिम्मा लिएर लगेका छन्। पहिचान हुन नसकेका शवमध्ये १०३ वटा शवलाई प्रशासनले आवश्यक विवरण र सङ्केत चिन्ह सुरक्षित राख्दै व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए।

Ncell
Extreme Energy

प्रशासनका अनुसार शव व्यवस्थापन गरिए पनि भविष्यमा पहिचानको सम्भावना भने खुला राखिएको छ। डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित आफन्तले प्रशासनसँग समन्वय गरी शव झिकेर लैजान सक्ने व्यवस्था गरिएको छ।

पहिचान नखुलेका शवलाई लामो समयसम्म खुला अवस्थामा राख्दा स्वास्थ्य तथा वातावरणीय जोखिम बढ्न सक्ने भएकाले प्रशासनले सम्मानपूर्वक अन्त्येष्टि तथा व्यवस्थापनको प्रक्रिया अघि बढाएको जनाएको छ।

शवको सङ्केत, विवरण र आवश्यक पहिचानसम्बन्धी अभिलेख सुरक्षित राखिएकाले आगामी दिनमा आफन्तको खोजी तथा पहिचान प्रक्रियामा सहज हुने प्रशासनको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षक हत्या आरोपमा एकैगाउँका ११ जना पक्राउ

शिक्षक हत्या आरोपमा एकैगाउँका ११ जना पक्राउ

केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...