नेभिगेशन
समाज

रसुवा बाढी: खोज तथा उद्धार र पुनर्निर्माणको समन्वयका लागि रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय

उच्चस्तरीय व्यवस्थापन संयन्त्रबाट मन्त्री श्रेष्ठले लिए ब्रिफिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनाहरुमा भइरहेको खोज तथा उद्धार, राहत र पुननिर्माणका लागि रियम टाइम अपडेट सिस्टम निर्माण थालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा रियल टाइम अपडेटको लागि सिस्टम बनाउन निर्देशन दिएका हुन् । ऊर्जा मन्त्रालयले हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो । मन्त्री श्रेष्ठको निर्देशनअनुसार अब आफ्नै सूचना प्रणाली बनाउन लागेको हो । 

Ncell
Extreme Energy

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार तत्काल मन्त्रालयको सूचना प्रवाहका लागि मन्त्रालयअन्तर्गत कुन जलविद्युत् आयोजना र साइटमा के भइरहेको छ भन्ने वास्तविक विवरण प्राप्त गर्न 'रियल टाइम अपडेट' प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याउन लागिएको हो । 'कुन-कुन जलविद्युत आयोजनामा कति जना मान्छे फसेका छन्, सुरुङ भित्र र बाहिर कति छन् ? हाम्रो प्रभावित १६ वटा आयोजनामा कहाँ-कहाँ रेस्क्यु अपरेसन भइरहेको छ? कति जनाको बाहिर उद्धार गरियो ? भित्रको प्रयासहरू के-के हुँदैछ ? त्यसमा मटेरियलको मोबिलाइजेसन हामी कसरी गरिरहेका छौँ ? कोसँग कोअर्डिनेसन गरिरहेका छौँ ? मटेरियल बाटोमा छ कि ठाउँमा पुगिसक्यो ? नेसनल र इन्टरनेसनल एक्सपर्टहरूलाई पनि यसमा पुल गर्न सक्ने एउटा मेकानिजम बनाउँदैछौं । डे वान देखि डे फाइभ, डे सिक्ससम्म हामीले अहिलेसम्म के-के गर्यौँ ? कुन-कुन समयमा के-के हामीले गर्यौँ, त्यो पनि लिपिबद्ध बनाउने प्रयासमा छौँ,' उनले भने । 

रियल टाइम अपडेट प्रणालीमार्फत विपद् प्रभावित मुख्य १६ वटा जलविद्युत आयोजनाहरूमा सुरुङभित्र र बाहिर रहेका श्रमिक/कर्मचारीहरूको स्थिति, उद्धारको अवस्था, सामग्रीको परिचालन र आवश्यक राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञहरूको पुलिङसम्बन्धी विवरण अभिलेख र अनुगमन हुनेछ । 

एसएमटीमार्फत निरन्तर उद्धार र पुनर्निर्माणमा सक्रिय मन्त्री श्रेष्ठ

रसुवामा बाढी आउने वितिकै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापन, द्रुत उद्धार तथा पूर्वाधार पुनर्निर्माणका लागि आफ्नै नेतृत्वमा उच्चस्तरीय व्यवस्थापन समिति (सिनियर म्यानेजमेन्ट टिम - एसएमटी) गठन गरेका थिए । जलविद्युत आयोजना, सबस्टेशन तथा सिँचाइ पूर्वाधारमा पुगेको क्षति र विपद्को अवस्थालाई सम्बोधन गर्न मन्त्रालयको सचिव, विभाग, महाशाखा र केन्द्रका प्रमुखहरु, नेपाल विद्युत प्राधिकरणका एमडीसहित उच्च अधिकारी सम्मिलित उच्चस्तरीय संयन्त्र सुरुवाती दिनदेखि नै बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणमा खटिएको थियो । मन्त्रालय मातहतका उच्च अधिकारीहरु आफै फिल्डमा खटिएका थिए । उनीहरुले आफू मातहतका अरू निकायसँग सामग्री व्यवस्थापनमा समन्वय गर्ने, उद्धारमा गृह मन्त्रालयलाई सहयोग गर्ने काम गरेका थिए । साथसाथै विद्युत् आपूर्ति अवरुद्ध भएको ठाउँमा विद्युत पुर्‍याउने, वैकल्पिक ऊर्जाको व्यवस्था गर्ने काममा संयन्त्र सक्रिय भएको थियो । संयन्त्रकै सक्रियतामा नुवाकोटको ९० प्रतिशत ठाउँमा पुन: विद्युतीकरण भइसकेको छ भने रसुवामा पनि द्रुत गतिमा पुन: विद्युतीकरणको काम भइरहेको छ । मन्त्री श्रेष्ठले यो संयन्त्रमार्फत फिल्ड तहदेखि माथिसम्म सबैसँग नेतृत्वदायी समन्वय गरिरहेका छन् । मन्त्री श्रेष्ठले आइतबार एसएमटीको दुईपटक बैठक राखेर सबै कार्यको ब्रिफिङ लिएका छन् । सम्बन्धित सबै निकायलाई आ-आफ्नो मातहतको सबै परिचालन गरेर लिडरसिप देखाएर काम गर्न निर्देशन दिएका छन् । उनले मन्त्रालयले अहिलेसम्म खेलिरहेको समन्वयकारी भूमिकाअनुसारै काम गर्न सबैलाई निर्देशन पनि दिएका थिए ।

के के काम गर्यो ? 

तुरुन्त फिल्ड परिचालन: एसएमटी कमिटी गठन लगत्तै पहिलो दिन नै प्राविधिक तथा उच्च पदाधिकारीहरूको टोलीलाई प्रभावित साइटहरूतर्फ परिचालन गरियो ।

तत्काल वैकल्पिक ऊर्जा सामग्री खरिद तथा हस्तान्तरण: बत्ती गएको क्षेत्रमा तत्काल सञ्चार र उज्यालो कायम राख्न पहिलो दिन नै २ किलोवाटका संस्थागत सोलार प्रविधि र २० वाटका ५०० वटा सोलार सेट खरिद/व्यवस्थापनको प्रक्रिया अघि बढाइयो। दोस्रो दिन नै यी सामग्रीहरू एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्र (रसुवा)मा पठाइएको ।

गृह मन्त्रालय र विपद् प्राधिकरणसँग समन्वय: उद्धारको मुख्य जिम्मेवारी गृह मन्त्रालयको भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गर्दै गृह मन्त्रालयलाई पूर्ण सहयोग गरिएको छ ।

भौतिक तथा प्राविधिक स्रोतको परिचालन: नेपाल विद्युत प्राधिकरण तथा विभागहरूसँग उपलब्ध एक्स्ट्राभेटर, ड्रिलिङ मेसिन, गाडी तथा अन्य अत्यावश्यक सामग्रीहरू तत्काल परिचालन गरी उद्धार टोलीहरूलाई सहयोग पुर्‍याइयो ।

विज्ञ टोलीको सहभागिता: उद्धार र जटिल प्राविधिक अवरोध हटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीहरूलाई समेत सहभागी गराई समन्वय भइरहेको छ ।

अब रियल टाइम अपडेट: विगत ५ दिनसम्म विपद् प्राधिकरण र अन्य निकायहरूसँग निरन्तर समन्वय गरिसकिएको र अब मन्त्रालय अन्तर्गत कुन आयोजना र साइटमा के भइरहेको छ भन्ने वास्तविक विवरण प्राप्त गर्न 'रियल टाइम अपडेट' संयन्त्र औपचारिक रूपमा कार्यान्वयनमा ल्याइँदैछ ।

अब के गर्दैछ ? 

उच्चस्तरीय व्यवस्था संयन्त्रले अब राष्ट्रिय योजना आयोग र विपद् प्राधिकरणसँगको सहकार्यमा विस्तृत क्षति आकलन (Detailed Damage Assessment) गर्दै क्षतिग्रस्त जलविद्युत आयोजना र सबस्टेशनहरूको पुनरुत्थान (Rehabilitation), पुनर्निर्माण (Reconstruction) र पुनर्लाभ (Recovery Plan) का लागि स्रोतको पहिचान र कार्यविधि निर्माणको काम द्रुत गतिमा अगाडि बढाएको छ ।
मन्त्रालयकाअनुसार बाढीबाट चार सय बढी मेगावाट अर्थात १० प्रतिशत विद्युत् आपूर्तिमा असर परेकाले त्यसलाई पुनर्निर्माण गर्न संयन्त्रले काम अगाडि बढाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँच सय बढी बेपत्ता

भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँच सय बढी बेपत्ता

भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।
आज यी स्थानमा हुँदैछ भारी वर्षा, रसुवा र नुवाकोट आसपासमा पानी पर्ने

आज यी स्थानमा हुँदैछ भारी वर्षा, रसुवा र नुवाकोट आसपासमा पानी पर्ने

हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देवघाटको जंगलमा आइतबार १०३ जनाको शव व्यवस्थापन

देवघाटको जंगलमा आइतबार १०३ जनाको शव व्यवस्थापन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बगेर चितवनसम्म आइपुगेका पहिचान खुल्न नसकेका १०३ जनाको शवलाई आज चितवन प्रशासनले देवघाटस्थित चितवनतर्फको जंगल क्षेत्रमा माटोमुनि व्यवस्थापन गरेको छ।