नेभिगेशन
समाज
भोटेकोशी बाढी

अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

चितवन । सल्यानका  २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन् ।

Ncell
Extreme Energy

बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगम देवघाटमा उनको अन्त्येष्टि गरिएको छ । 

शव बिग्रने अवस्था भएको र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए ।  

काका रमेशकाअनुसार रसुवा पोस्टिङ भएपछि आयुषले अधिकृतमा नाम निकालेर मात्र सरकारी जागिर प्रवेश गर्ने सोच बनाएका थिए । तर, परिवारले काम गर्दै पढ्न सुझाव दिएपछि उनी रसुवा पुगे । ‘पढ्नमा साह्रै रुचि राख्थ्यो । खरिदार हुँदिनँ । म सिधै अधिकृत निकाल्छु भन्थ्यो’, रमेशले सुनाए, ‘रसुवाको पोस्टिङमा खासै रुचि देखाएको थिएन । तर, परिवारमा कुरा भएपछि जान बाध्य भयो।’

बागचौर नगरपालिका– १० पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन् । उनी भदौ १२ मा काठमाडौँ आउने र त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजनामा थिए । दुर्भाग्य, घर जाने तयारी गरिरहँदा भदौ १० को बिहान उनी बाढीमा परे ।

आयुषको परिवारमा बुवा, आमा र बहिनी छन् । 

आयुष बाढीमा परेको खबरपछि आमा मुना बेहोस भएकी थिइन् । आयुषको अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित भएका थिए । अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरुलाई सम्हालेका थिए ।  निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  जेनेरेटर यहाँ ल्याएको हो ।
रसुवागढीको सुरुङबाट फर्कियो सेना

रसुवागढीको सुरुङबाट फर्कियो सेना

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।
सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ ।
कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले  भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।