नेभिगेशन
समाज

धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा मोबाइल फोन चार्ज गर्न लागि  जेनेरेटर ल्याइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण विगत छ दिनदेखि रसुवा जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ । 

Ncell
Extreme Energy

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  जेनेरेटर यहाँ ल्याएको हो ।    

विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयवासी सहित धुन्चे रहेका बाढी पीडित र तीर्थालुहरु आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो ।  यसका लागि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए । सदरमुकाम धुन्चेमा जेनेरेटर ल्याइएसँगै निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ ।

अहिले १०० भन्दा बढीले एकसाथ मोबाइल चार्ज गरिरहेको नेपाल रेडक्रसले जनाएको छ । यसबाट टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज बनेको छ । 
 
सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा–टाढाबाट आएका सेवाग्राहीलाई  राहत मिलेको छ । चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुनः सम्पर्क स्थापित गर्न सफल भएका छन् । 

बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिरहेको र चाँडै सेवा सुचारु गराउन पहल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर...
रसुवागढीको सुरुङबाट फर्कियो सेना

रसुवागढीको सुरुङबाट फर्कियो सेना

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।
सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ ।
कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले  भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।