नेभिगेशन
समाज

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पुनःस्थापना र पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तत्कालीन अवस्थाको उद्धार तथा राहतका लागि आवश्यक विशिष्टीकृत अन्तर्राष्ट्रिय सहयोग र दीर्घकालीन चरणमा पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने बताएका हुन् ।

Ncell
Extreme Energy

उनले परराष्ट्र मन्त्रालयमा ’इमर्जेन्सी कन्ट्रोल रुम’ मार्फत हराइरहेका विदेशी नागरिक र तिनका परिवारसँग समन्वय तथा सहजीकरणको काम भइरहेको जानकारी दिए ।

उनले तिब्बततर्फ रहेका नेपाली नागरिकहरूलाई हिल्सा लगायतका नाकाबाट सुरक्षित रूपमा स्वदेश फर्काउन चिनियाँ पक्षले सहजीकरण गरेको पनि जानकारी दिए ।

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

सभापति लामिछाने आज दिउँसो राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिलाई बाढी प्रभावितको खोजी, उद्धार र राहतका बारेमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएका हुन् ।
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ।