नेभिगेशन
समाज

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

चितवन । रसुवामा आएको बाढीपछि बेपत्ता भएका धेरैको शव चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा पर्ने नारायणी नदीमा भटिइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालसम्म बाढीमा परेका ९ सय ३ जनाको शव भेटिएकोमा तल्लो तटीय क्षेत्रका तीन वटा जिल्लामा मात्र ६ सय ३० शव भेटिएका छन् । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा २ सय ७२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ सय ७, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १ सय ५१ शव फेला परेको छ ।

Ncell
Extreme Energy

बाढीबाट धेरै प्रभावित रसुवा, नुवाकोट क्षेत्रमा उद्धारको काममा जोड दिइएको छ । खोजी तीव्र पारिएको र तल्लो तटीय क्षेत्रमा बाढीको बहाब कम भएकाले धेरै शव नारायणीमा भेटिन थालेका हुन् । कतिपय शव भारतसम्म पुगेका छन् ।

चितवन र आसपास शव खोज्न नेपाली सेना सक्रिय छ । नेपाली सेनाले चितवनस्थित नारायणी नदी र आसपासका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । Dead-Body-Rescue-by-Nepal-Army-Chitwan-Photos-(9)-1788176306.JPG

मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत नेपाली सेनाका विभिन्न युनिटले जिम्मेवारीअनुसार क्षेत्र विभाजन गरी बेपत्ताको खोजी गरिरहेका छन् । नयाँ गोरख गण र नयाँ सबुज गणले संयुक्त रूपमा नारायणी नदी तथा आसपासका क्षेत्रमा खोजी तथा उद्धार अभियान सञ्चालन गरेका छन् ।

खोजी अभियानमा संहनाथ गणको कमाण्डो तालिमप्राप्त टोलीसमेत परिचालन गरिएको छ । उक्त टोलीले नारायणी नदीका जोखिमपूर्ण तथा कठिन भू–भागमा खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ । Dead-Body-Rescue-by-Nepal-Army-Chitwan-Photos-(6)-1788176340.JPG

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप दुई शवका अवशेषसमेत फेला परेको सेनाले जनाएको छ ।

Dead-Body-Rescue-by-Nepal-Army-Chitwan-Photos-(5)-1788176263.JPG

चितवनमा बेपत्ताको खोजी गर्न ड्रोन, वाटर रबरबोटको सहयोगमा ४ सय ३६ जनाको संयुक्त टोली परिचालित छ ।–नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

सभापति लामिछाने आज दिउँसो राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिलाई बाढी प्रभावितको खोजी, उद्धार र राहतका बारेमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएका हुन् ।
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ।