नेभिगेशन
समाज

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

काठमाडौँ । नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी त्रिशूली थ्री ए मा टनेल हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने कार्य गरिएको र ३ वटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै, त्रिशूली थ्री बी मा पनि विज्ञसहितको फौज खटिई एक्स्काभेटर समेत प्रयोग गरी खोज तथा उद्धार कार्य गरिरहेको सेनाले उल्लेख गरेको छ। विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म पुगी अगाडि सफा गर्ने काम पनि जारी रहेको पनि सेनाले जनाएको छ ।

सेनाका अनुसार अपर त्रिशूली १ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङमा २०० मिटर। र हाकुमा ३०० मिटरसम्म पुगी खोजी कार्य जारी राखेको छ ।

रसुवागढी हाइड्रोको टनेलमा भने करिब २५० मिटरसम्म पुग्दा टनेलको बन्द भाग फेला पारेपछि उद्धार टोली फर्केको छ ।

खोज उद्धारको संयुक्त उद्धार टोलीले लाङटाङ हाइड्रोको टनेलबाट एउटा शव फेला परेको छ । टनेलको करिब ६५ मिटर पर एउटा शव भेटिएको सेनाले जनाएको छ ।

खोजी तथा उद्धारका क्रममा नेपाली सेनाको टोलीले टिमुरे इलाकामा ५ वटा (नेपाली भाषाको अक्षर भएको ३ र चिनियाँ भाषाको अक्षर भएको २) वटा सेफ फेला पारी सशस्त्र प्रहरी बल नेपाललाई भरपाई गरी बुझाएको पनि सेनाले उल्लेख गरेको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको सेनाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डीएनए परीक्षणकाे प्रक्रिया

बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डीएनए परीक्षणकाे प्रक्रिया

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा...